हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लिमिटेड
हरहर महादेव सहकारी संस्था लिमिटेड काठमान्डौं जिल्लाको उत्तर पुर्वमा रहेको कागेश्वरी मनोहरा नगरपालिका ( साविक गोठाटार गा.वि.स.), वडा नं. ७ मा अवस्थित छ । विक्रम संम्वत २०५८ देखि २०६० साल तिरमा द्धन्द्धकालको कारणले गर्दा गाउँ तथा विकट क्षेत्रका विकासप्रमी, समाजसेवी, शिक्षक, राजनैतिक छत्रछायामा रहेका व्यक्तिहरुले आफ्नो तथा परिवारको जिवन रक्षाको लागि गाउँबाट बिस्तापित हुनुपर्ने बाध्यता थियो । ज्यान जोगाउन कै लागि भए पनि आफ्नो थत्थलो छाडेर शहरतिर विस्तापित हुनुपर्ने अवस्था सृजना भएको थियो । शहरको नयाँ ठाउं, नयाँ सामाजिक रहनसहनमा जिवनयापन गर्न त्यती सजिलो भने थिएन । त्यस्तो अवस्थालाई मध्यनजर गर्दै अब आर्थिक सामाजिक तथा सास्कृतिक रुपमा जुट्न पर्छ भन्ने कुरा महसुस गरियो र “एकका लागि सबै, सबैका लागि एक” भन्ने सिद्दान्तलाई मुल आदर्श मानि दोलखा जिल्लामा अबस्थित जनसचेतन साकोसका तत्कालिन कोषाध्यक्ष श्री पुस्कर कुमार दहाल र श्री शान्ति प्रसाद दहालको अगुवाईमा सहकारी संस्थाको परिकल्पना गरियो । वि. सं. २०६५ सालको वडा दशै पछिबाट यस क्षेत्रमा सहकारी संस्था सञ्चालन गर्ने भनेर विभिन्न कार्यक्रम तथा अनौपचारिक बैठक प्रारम्भ गरियो । सहकारी ऐन २०४८ बमोजिम सहकारी संस्था दर्ता गर्न कम्तीमा २५ जना तोकिएको कार्यक्षेत्र भित्रको स्थायी बसोवास भएको हुनुपर्ने थियो, जुन त्यस बेलाको समयमा निकै कठिन थियो । स्थानिय बासिन्दावाट त्यो सहयोगको सम्भावना कम थियो, त्यसकारण गोठाटार तथा मुलपानी क्षेत्रमा घर – जग्गा रहेको ब्यक्तिको खोजि गरियो साथै त्यसमा २,४ जना स्थानिय बुद्दिजिवि ब्याक्तिको इच्छा तथा सहयोगमा संस्था दर्ता गर्ने कार्य अगाडी वढाइयो
२०६५।१०।०५ गतेको प्राथमिक भेलाबाट संस्थालाई हरहर महादेव बचत तथा ऋण सहकारी संस्था लिमिटेड भनेर नामाकरण गरी दर्ता गर्ने निर्णय गरियो । २०६५।१०।२१ गतेको दोस्रो भेलाबाट बचत तथा ऋण नीति कार्य योजना २०६५।०६६ पारित गरि सहकारीका अन्तराष्ट्रिय मुल्य, मान्यता, सिद्धान्त तथा सहकारी ऐन, नियम र निर्देशन तथा संस्थाको स्वीकृत विनियम बमोजिम सामुहिक, सामाजिक, आर्थिक र संस्कृतिक विकासको लागि यस संस्थाको संचालन गर्ने निर्णय गरियो । वि. सं.२०६५।११।१२ गते श्री शान्ति प्रसाद दहालको अध्यक्षतामा ९ जनाको प्रारम्भिक संचालक समिति गठन गरी अन्य उप समितिहरु गठन गरियो । २०६५।११।३० गते डिभिजन सहकारी कार्यालय काठमाण्डौमा २१२१।०६५।६६ दर्ता नम्बर कायम गरि हरहर महादेव बचत तथा ऋण सहकारी सस्ंथा लि दर्ता गरियो । । यस संस्थाको स्थायी लेखा नम्बर ३०३६0७९४६ रहेको छ । संस्थापक सदस्यहरु चालिस जनाबाट जनही रु. १०,०००।– (१०० कित्ता शेयर) ले हुन आउने कुल रकम ४००,०००।– वाट संस्थाको कारोवार सुरु गरिएको थियो । २०६६ आषाढ २० गते पहिलो साधारण सभा सम्पन्न गरि प्रारम्भिक संचालक समिति विघटन गरि निर्वाचित नयाँ संचालक समिति गठन गरियो । पहिलो निर्वाचित संचालक समिति श्री शान्ति प्रसाद दहालको अध्यक्षतामा गठन भयो । उहाँले २०६८।०६।३१ गते सम्म २ कार्यकाल सफलताका साथ कार्य सञ्चालन गर्नुभएको थियो भने त्यस पछि वि.संं २०६८।०७।०१ देखि २०७३।०८।०४ गते सम्म २ कार्यकाल श्री भगवान दहालको नेतृत्वमा संस्था सञ्चालन भएको थियो । वि. सं. २०७३।०८।०५ गतेबाट २०८०।०६।०२ सम्म २ कार्यकाल श्री रुद्र प्रसाद दहालको नेतृत्वमा संस्था सञ्चालन भएको थियो साथै मिति २०८०।०६।०३ गते सम्पन्न निर्वाचनबाट श्री रुद्र प्रसाद दहालको अध्यक्षतामा छैठौ सञ्चालक समितिको गठन गरिएको छ । संस्थाको प्रमुख गतिविधिहरुमा बचत सकंलन, ऋण लगानी आदि पर्दछन् । यी सेवाहरु संस्थाले आफनो कार्य क्षेत्र भित्रका शेयर सदस्यहरुलाई प्रदान गर्दै आएको छ ।
शेयर सदस्यहरुलाई मितव्ययिताको भावना जागृत गराई नियमित रुपले बचत गर्ने बानीको विकास गर्ने, सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने, सदस्यहरुको आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल र आयमुलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्र्धन गरी छरिएर रहेको पूँजीको उपयोग बढाई सदस्यहरुको आर्थिक, सामाजिक अवस्थामा सुधार गर्ने उद्धेश्यले संस्थाको स्थापना भएको हो ।
हाम्रो सुविधाहरू
- समुदायको रोजाईमा, ऐन नियम विधि भित्र रहेर सदस्यहरुलाइ आधुनिक प्रविधि मार्फत वित्तिय सेवा उपलब्ध गराई सदस्यहरुको आर्थिक सामाजिक सास्ंकृतिक क्षेत्रमा विकास गर्ने ।
- “गुण्स्तरिय वित्तिय सेवा र शुसासन सहितको आधार प्रविधि मैत्री साकोस सदस्यहरुको जिवनको पुर्वाधार”
- प्रतिवद्धता
- उत्कृष्टता
- समावेशिता
- नवप्रवर्तन
- सदस्य पहिला
- पारस्परिक सदभाव
- सक्रियता
- व्यवसायीकता
- विशिष्ट पहिचान
- पारदर्शिता
- सामुहिकता