यस शीर्षक अन्र्तगत सदस्यहरुले आफ्नो व्यक्तिगत प्रयोजन वा व्यावसायिक प्रयोजन कुनै पनि नयाँ सवारी साधनको मूल्यको वढीमा ५० प्रतिशत सम्म प्रवाह गर्ने सकिनेछ । ५० प्रतिशत वा सो भन्दा वढी रकम सम्वन्धित ऋणीले व्यहोर्नु पर्दछ । भंसार सुविधा वा प्रचलित ऐन नियमले दिएको सुविधाको कारणले सवारी साधन संस्थाको नाममा आउन नसक्ने अवस्था भएमा अचल सम्पत्ति वा यस संस्थालाई मान्य हुने अन्य धितो सुरक्षण लिई मात्र मूल्यको ५० प्रतिशत सम्म ऋण प्रवाह गर्न सकिनेछ । दोश्रो व्यक्ति वाट (Second Hand)खरीद गरिने सवारी साधन र पूनलगानी(Re– Financing) को हकमा सवारी दर्ता किताव –ब्लु बुक) मा उल्लेख भएको सवारी उत्पादन भएको सालको मूल्य र हालको बजार मूल्यलाई आधार मानी प्राविधिक र संस्थाको आन्तरिक धितो मूल्याङनकर्तावाट मूल्याँकित गरिएको रकमको आधारमा लगानी गरिनेछ । यसरी लगानी गरिने सवारी साधन सम्वन्धित कार्यालयबाट संस्थाको नाममा पास गरिनेछ । यस ऋण अन्र्तगत थप सुरक्षणका लागि एकाघरको नाममा रहेको घर जग्गा समेत धितोको रुपमा राखि लगानी गर्न सकिने छ ।
