सदस्यहरुले विभिन्न किसिमको व्यापार व्यवसाय गर्नका लागि यो शीर्षक अन्र्तगत ऋण लगानी गरिनेछ । यो शीर्षक अन्र्तगत ऋण लिँदा व्यापार व्यवासय गरेको दर्ता प्रमाणपत्र, आयकर दर्ताको पान नं. आयस्रोत, आवश्यक धितो तथा व्यवसायको परियोजना स्किम, व्यवसाय गर्ने स्थान वा क्षेत्र र सदस्यको नगद प्रबाह स्थिति विवरण पत्र पेश गर्नुपर्दछ । यसरी लगानी गर्दा कूल मूल्याँकन रकमको बढीमा ८० प्रतिशत सम्म लगानी गरिनेछ । सदस्यको व्यवसायको कुल परियोजना लागत मध्ये ६० प्रतिशत रकममात्र संस्थाबाट ऋण लगानी गरिने छ बाँकी ४० प्रतिशत रकम सदस्यले लगानी गरेको हुनुपर्नेछ ।
