सदस्यहरुले आवासीय घर निर्माण, उधोग व्यवसाय सञ्चालन तथा व्यापार प्रयोजनको लागि खरिद गर्ने जग्गाको लागि संस्थाले जग्गा खरिद ऋण उपलब्ध गराईनेछ । यसको लागि नयाँ खरिद गर्ने ऋणको हकमा बैना गरेको कागजात समेत पेश गर्नुपर्नेछ । जग्गाखरिदको लागि सदस्यले आवश्यक आय स्रोत तथा कागजात समेत पेश गर्नुपर्नेछ । यसरी लगानीगर्दा कूलमूल्याँकन रकमको बढीमा ६० प्रतिशत सम्म लगानी गरिनेछ ।
सदस्यहरुले आफनो आबास प्रयोजनको लागिनिर्माण साथै घर मर्मत तथा पुन संरचनाका लागि घर निर्माण शिर्षक अन्र्तगत ऋण प्रदान गरिनेछ । यो शिर्षक अन्र्तगत ऋण उपभोग गर्ने सदस्यहरुले घरको नक्सा, अनुमानित लागत, आवश्यकधितो, आयस्रोत, तथा अन्य आवश्यक पर्ने कागजात पेश गर्नुपर्नेछ । ऋण पास भएपश्चात उक्त ऋण रकम घर निर्माण आधारमा संस्थाबाट निरीक्षणका आधारमा सदस्यको माग अनुसार मात्र किस्ताकिस्ता गरि वा एक मुष्ठ भुक्तानी गरिनेछ । यसरी लगानी गर्दा निर्माण हुने घरको कूलमूल्याँकन रकमको बढीमा ६० प्रतिशत सम्म लगानी गरिनेछ ।