संस्थामा आवधिक रसिद धितोमा राखि दिइने ऋण अन्र्तगत आफ्नै संस्थाले जारी गरेको आवधिक निक्षेपको सुरक्षणमा अधिकतम ९० प्रतिशत सम्म ऋण प्रदान गर्न सकिने छ । यस ऋणको ब्याज दर संचालक समितिको निर्णय बमोजिम तोकिने छ ।सदस्यले संस्थामा अन्य कुनै सदस्यको ऋणमा जमानी बसेको भएता पनि यस ऋण शीर्षक अन्तर्गत ऋण लगानी गर्न कुनै बाधा पर्नेछैन । हालकाे यस ऋणकाे व्याज दर अावधिक बचतकाे व्याजमा थप १ प्रतिशत रहेकाे छ ।
